काठमाडौँ, फाल्गुण ६ । नेपाल ए क्रिकेट टिमले क्यानडा- ११ लाई २१७ रनको लक्ष्य दिएको छ ।
मुलपानी क्रिकेट मैदानमा जारी खेलमा पहिला ब्याटिंग गर्दै नेपाल ए ले ५० ओभरमा ८ विकेट गुमाउदै २१६ रन बनाएको हो ।
नेपाल ए का लागि बषिर अहमदले अविजित ५० रन बनाएका थिए भने राशिद खानले ४० रन बनाएका थिए । त्यस्तै मयन यादवले ३५, किरण ठगुन्नाले २५, बिबेक यादवले २१ रनको योगदान दिएका थिए ।




