अस्ट्रेलिया ३४ रनले विजयी

`

     २०८० माघ २८ गते ६:२२

काठमाडौँ, माघ २८ । अस्ट्रेलियाले वेस्ट इन्डिजविरुद्ध टी-२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ ।

आइतबार सम्पन्न सिरिजको दोस्रो खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई ३४ रनले पराजित गर्दै सिरिजमा लगातार दोस्रो जित हासिल गरेको हो ।

अस्ट्रेलियाले दिएको २४२ रनको लक्ष्य पछाएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर २०७ रन बनाएको थियो ।

यस अघि अस्ट्रेलियाले ग्लेन म्याक्सवेलको कीर्तिमानी शतकसँगै २० ओभरमा ४ विकेट गुमाएर २४१ रन बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?