काठमाडौं,२५ माघ । एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गतको खेलमा नेपालले क्यानडालाई २२५ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपूरस्थित त्रिवि मैदानमा टस जितेर सुरुआतमा ब्याटिङ गरेको नेपालले निर्धारित ५० सबै विकेट गुमाएर २२४ रन जोड्यो । नेपालका लागि ओपनर कुशल भूर्तेलले ६२ रनको अर्धशतक प्रहार गरे । अर्धशतक प्रहार गरेका कुशल भुर्तेल ६२ रन जोडेर आउट भए।




