खेलाडी र खेल पत्रकार सम्मानित

`

     २०८० माघ १७ गते २:१९

काठमाडौं, १७ माघ । युवा तथा खेलकुद मन्त्रालयले खेल क्षेत्रका ९ जना र खेल पत्रकारलाई पुरस्कारसहित सम्मान गरेको छ ।

सम्मानित हुने खेलाडीमा कवड्डीकी मेनुका कुमारी राजवंशी, टेवल टेनिशकी नविता श्रेष्ठ, टेवल टेनिशकै शिवसुन्दर गोथे, कराँतेकी एरिका गुरुङ, टेवल टेनिशकी शुभश्री श्रेष्ठ र पारा तेक्वाण्डोकी पलेशा गोर्वधन रहेका छन् ।

त्यस्तै कवड्डीका प्रशिक्षक पार्वती राई, टेवल टेनिशका निर्णायक तेजेन्द्र सिंह महरा र फुटबलका फिजियोथेरापिष्ट आविस्कार पुडासैनिलाई पनि राष्ट्रिय खेलकुद सम्मान गरिएको छ । सम्मानित सबैले प्रशंसा पत्रसहित जनही एक लाख रुपैया प्राप्त गरे ।

त्यस्तै खेलकुद पत्रकारिकता प्रोत्साहन पुरस्कार हरि प्रसाद कोइराला, तिवारी यादव, गोविन्द राज नेपाल, गोहितराज पराजुली, रिखिराम जिसि, नन्दराम जैशी, नवराज पनेरु र रजनी कुमारी योगीले पाएका छन् भने खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मान गोविन्द रेग्मीलाई प्रदान गरिएको छ ।

पुरस्कार प्रदान गर्दै युवा तथा खेलकुद मन्त्री लिम्बुले स्वरोजगार कोषका माध्यमबाट खेलाडीहरुलाई व्यवसाय गर्न प्रोत्साहन गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?