काठमाडौँ, पौष २२ । स्पेनिस टेनिस खेलाडी राफेल नाडालले अस्ट्रेलियन ओपन २०२४ बाट आफ्नो नाम फिर्ता लिएका छन् । यो प्रतियोगिता सुरु हुनु केही घण्टा अघि इन्जुरी भएपछि उनले प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिएका हुन् ।
उनले आफ्नो सोसल मिडियामार्फत अस्ट्रेलियन ओपन नखेल्ने जानकारी दिएका छन् । उनले भनेका छन्( ुब्रिस्बेनमा भएको अन्तिम खेलमा मलाई मांसपेशीमा अलिकति तनाव भयो जसले मलाई चिन्तित बनायो । जब म मेलबर्न पुगेँ मैले एमआरआई गराए र एक मांसपेशीमा अलिकति चोट लागेको थियो । अब म पाँच सेट खेल्न असमर्थ भएको छु । म अब मेरो डाक्टरलाई भेट्न, उपचार र आराम गर्न स्पेन फर्कदैछु ।ु




