काठमाडौँ, पौष ३ । अस्ट्रेलियाका विश्वकप विजेता बलर मिचेल स्टार्कले इण्डियन प्रिमियर लिग ९आइपिएल० खेलाडी अक्सनमा नयाँ किर्तिमान बनाएका छन् ।
आज दुबईमा जारी आइपिएलको खेलाडी अक्सनमा स्टार्कलाई कोकोलता नाइटराइडर्सले २४ करोड ७५ लाख भारु अर्थात ३९ करोड ६० लाख नेपाली रुपैयाँमा किनेको हो । यो आइपिएलको इतिहासमा खेलाडी अक्सनमा कुनै खेलाडीका लागि अहिलेसम्म तिरिएको सबैभन्दा ठुलो रकम हो ।




