प्रहरीले नेपाल वायु सेवा निगमका अधिकृत पोखरेललाई पक्राउ गरे

`

     २०८० मंसिर २६ गते ५:४४

काठमाडौं, मंसिर २६ । प्रहरीले नेपाल वायु सेवा निगमका अधिकृत होमनाथ पोखरेललाई पक्राउ गरेको छ।

मंगलबार दिउँसो काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बानेश्वरबाट अधिकृत पोखरेललाई पक्राउ गरेको हो।

नक्कली कागजात एवं प्रमाणपत्र बनाएर भिजिट भिसामा खाडी मुलुक पठाइदिएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो। उनले एक व्यक्तिलाई पठाएबापत १० हजार रुपैयाँ पाउने गरेको प्रहरीले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?