मधेस प्रदेश क्रिकेट टोलीका खेलाडीलाई सम्मान

`

     २०८० मंसिर २० गते ५:०९

काठमाडौँ, मङ्सिर २० । यही मङ्सिर १५ गते पोखरा रङ्गशालामा सम्पन्न केपी ओली कप टी–२० प्रतियोगिताको उपाधि जितेको मधेस प्रदेश क्रिकेट टोलीका खेलाडीहरूलाई सम्मान गरिएको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज जनकपुरधामस्थित मधेस भवनमा रहेको आफ्नै निवासमा बोलाएर खेलाडीहरूलाई सम्मान गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?