नेपाली टिम भोलि युएई प्रस्थान गर्ने

`

     २०८० मंसिर १९ गते २:०९

काठमाडौं,१९ मंसिर । मंसिर २२ गतेदेखि यूएईमा हुने एसीसी यू-१९ एसिया कपमा सहभागी हुने नेपाली टिम बुधबार यूएई प्रस्थान गर्ने भएको छ ।

मंगलबार नेपाल क्रिकेट संघ क्यानले एक कार्यक्रमको आयोजना गरेर बिदाइ गर्ने र टोली भोलि यूएई प्रस्थान गर्ने क्यानले जनाएको छ । यूएईमा यू-१९ एसिया कप मंसिर २२ गतेबाट सुरु भएर पुस गते सम्पन्न हुँदैछ । समूह ‘ए’ मा रहेको नेपालले क्रिकेटमा महारथी राष्ट्रत्रय भारत, पाकिस्तान र अफगानस्तानसँग भिड्दैछ ।

एसियाली क्रिकेट काउन्सिलले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल डिसेम्बर ८ अर्थात मंसिर २२ गते अफगानस्थानसँग खेल्नेछ ।

नेपालको यू-१९ एसिया कप २०२३ खेल्ने टोली स्

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे (विकेटकिपर), हेमन्त धामी, गुलशन झा, दीपेश कंडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहोरा, उत्तम थापा मगर (विकेटकिपर), विपिन रावल (विकेटकिपर), तिलकराज भण्डारी, आकाश चन्द र दीपक बोहरा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?