ताप्लेजुङको याम्फुदिनमा आफ्नै सवारी साधनले किच्दा चालकको मृत्यु

`

     २०८० मंसिर १८ गते ११:२७

काठमाडौँ, १८ मंसिर । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं. ८ याम्फुदिनमा गयराति प्र.१–०१–००१ज.३४३७ नम्बरको बोलेरो भोटेगाउँबाट छेबुकतर्फ जाने क्रममा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) राजन लिम्बूका अनुसार मृत्यु हुनेमा फुङलिङ ५ बस्ने ३० वर्षिय निशान लिम्बू रहेका छन् ।

प्रहरीका अनुसार भोटेगाउँबाट छेबुकतर्फ जाँदै गर्दा गाडी बन्द भई बिग्रिएकोले चालक निसान आफैंले फोन गरी स्थानीय २ जनालाई गाडी धकेलिदिनका लागि सहयोग गर्न बोलाएका थिए।

गाडी पछाडिबाट ओरालोतर्फ धकाल्ने क्रममा अनियन्त्रित भई सडकको भित्तामा ठोकिँदा अचानक सवारी पल्टिएर चालक निसानलाई सोहि सवारीले किचेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?