मिसन ८४ भन्नेलाई मेयर बालेनको कडा टिप्पणी,दल सकिएपछि मात्र देश बन्ने

`

     २०८० मंसिर १४ गते ७:१४

काठमाडौं, १४ मंसिर,बिहिबार। काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले देश बन्ने तर, दलहरुले भनेको ८४ ले नबन्ने र उनीहरुको ८४ सक्किएर बन्ने उनको दाबी छ ।

बालेन्द्र शाहले (बुधबार) राति फेशबुकमार्फत यस्तो टिप्पणी गरेका हुन् । उनले मिसन ८४ भन्नेहरुलाई यस्तो जवाफ फर्काएका हुन् । उनले मिसन ८४ भन्नेहरुलाई सक्काएर देश बन्ने ठोकुवा गरेका छन् ।

मेयर बालेन्द्र शाहले लेखेका छन्–

देश बन्छ ,
तिमीहरुको ८४ ले बन्दैन ,
तिमीहरुको ८४ सक्किएर बन्छ ।
तिमीहरुलाई सक्काएर बन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?