बङ्गलादेशको कबड्डी लिग खेल्न नेपालका ४ खेलाडी बङ्गलादेश तर्फ प्रस्थान

`

     २०८० मंसिर १२ गते १:२२

काठमाडौं, मंसिर १२ । नेपाली राष्ट्रय महिला कबड्डी टिमका चार खेलाडी बंगलादेश कबड्डी लिग खेल्न त्यसतर्फ गएका छन्।

नेपाली टिमका खेलाडीहरु अनुजा कुलुङ राई, जयन्ती बडू, गंगा घिमिरे र सिर्जना थारु मंगलबार बंगलादेशतर्फ गएका हुन्।

चारै खेलाडीले बंगलादेशको मेघना कबड्डी क्लबबाट खेल्नेछन्।

चारै जना नेपालले एसियाली खेलकुदमा कास्य पदक जित्दा टिमबाट खेलेका खेलाडी हुन्।

नेपालले गत असोजमा चीनको हाङझाउमा भएको १९औं एसियाली खेलकुदमा कास्य पदक जितेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?