प्रहरीले तिहारमा भाइटिकाको दिन उपत्यकामा निःशुल्क बस सेवा दिने

`

     २०८० कार्तिक २४ गते ६:५१

काठमाडौँ,शुक्रबार, २४ कात्तिक । तिहारमा भाइटिकाको दिन प्रहरीले उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । दुईवटा सिफ्टमा चारवटा बस टिकाको दिनमा सञ्चालन गरिने जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी वसन्त पाठकले बताए ।

बिहान साढे ८ बजेबाट पहिलो सिफ्ट र ४ बजेबाट दोस्रो सिफ्ट प्रहरी प्रधान कार्यालय सवारी महाशाखाबाट बस सञ्चालन हुनेगरी रुट निर्धारण गरिएको छ । बा १ ग २५९१ र बा १ ग २६०८ नम्बरको बसले पहिलो सिफ्टमा सेवा दिनेछन् । ती बसहरु नक्सालबाट निस्केर बालाजु, सातदोबाटो र सुर्यबिनायक सम्म पुगेर नक्साल फर्किनेछन् । मध्यान्ह ४ बजेपछि सोही बसहरुले नक्साल हुँदै कलंकी र भक्तपुरको सुर्यबिनायकसम्म पुगेर सेवा दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?