मेयर हर्क साम्पाङले धरानमा एयरपोर्ट बनाउन पर्यटन मन्त्री सुदन किरातीलाई लेखे पत्र

`

     २०८० कार्तिक २२ गते ६:३८

काठमाडौं, २२ कात्तिक,बुधबार। नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पत्र लेखी धरानमा एयरपोर्ट बनाउन पहल गरिदिन आग्रह गरेका छन् । मेयर साम्पाङले धरान–१७ मा एयरपोर्ट बनाउन यती इन्करपोरेटेड प्रालिबाट जग्गा खरिद भएको भएपनि हालसम्म एयरपोर्ट निर्माण नभएको भन्दै पत्र लेखेका हुन् ।

मेयर साम्पाङले उक्त पत्रमा एयरपोर्ट नबनेपछि एयरपोर्टका लागि भनेर जग्गा विक्री गरेका धनीहरुले जग्गा फिर्ता गराउन पटक–पटक निवेदन दिइरहेको समेत उल्लेख गरेका छन् । एयरपोर्ट निर्माणका लागि यती इन्करपोरेटेडले २० वर्ष अघिनै जग्गा खरिद गरेको भएपनि अहिलेसम्म उक्त कार्य अगाडि नबढेको मेयर साम्पाङको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?