गणतन्त्रको बिकल्प राजतन्त्र होइन – पूर्वप्रधानमन्त्रीद्वय  माधब नेपाल,बाबुराम भट्टराई

`

     २०८० कार्तिक २१ गते ७:१२

काठमाडौँ,कार्तिक २१,मंगलबार । प्रधानमन्त्री पुष्पकमल दाहालले सिंहदरबारमा मंगलबार आयोजना गरेको सत्तारुढ र प्रतिपक्षी दलहरूबीचको बैठकपछि गणतन्त्र,संघीयतालगायतका राजनीतिक मुद्दा जनताबाट अनुमोदन भइसकेको बताएका छन् । बैठकमा सत्तारुढ एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गणतान्त्रिक व्यवस्था सुधारको आवश्यकता रहेको बताएका छन् । उनले मुलुकमा उत्पन्न विभिन्न मुद्दामा राजनीतिक दलहरूबीच एकताको आवश्यकता रहेको पनि बताएका छन् ।

जनताको सवालमा सबै राजनीतिक दल एकताबद्ध हुनुपर्ने उनको भनाइ थियो । व्यवस्था र अवस्थाको बारेमा मान्छेको जुन भाष्य छ, त्यो भाष्य उपयुक्त होइन । व्यवस्थामा पनि सुधार गर्नुपर्छ । नेपालले देशमा भ्रष्टाचार, विकृति र विसंगतिको अन्त्य गर्दै जनताको अवस्थामा पनि आमुल परिवर्तन गर्नुपर्ने बताए । उनले शान्ति प्रक्रियालाई छिट्टै निष्कर्षमा पुर्‍याउनुपर्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?