काठमाडौँ, असोज २५ । नेपालले एसीसी यू- १९ प्रिमियर कपमा शानदार शुरुवात गरेको छ । यू-१९ प्रिमियर कपमा विहिबार नेपालले इरानलाई २७४ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा शानदार शुरुवात गरेको हो ।
नेपालले दिएको ३५४ रनको बिशाल लक्ष्य पछाएको इरानले ३०.५ ओभरमा अल आउट हुदै ७९ रन मात्र बनाएपछि नेपालले खेल २७४ रनले जितेको हो ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरको नेपाल ४०.१ ओभरमा अल आउट हुदै ३५३ रन बनाएको थियो ।




