काठमाडौँ, असोज २३ । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत आज दुई खेल हुदै छन् । धर्मशालास्थित क्रिकेट स्टेडियममा बंगलादेश र इङल्याण्डबीच यो खेल हुने छ ।
यस खेलमा बंगलादेशले टस जितेर पहिला बलिङ गर्ने भएको छ । बंगलादेशका कप्तान शकिब अल हसनले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् । योसँगै इङल्याण्डले पहिला ब्याटिंग गर्ने भएको छ ।




