काठमाडौँ, असोज १७ । धार्मिक तथा सामाजिक सद्भाव भड्किने प्रकृतिको उत्तेजक अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका (धर्मगुरू) आचार्य श्रीनिवासलाई थप अनुसन्धानको लागी जनकपुर ल्याइँदै छ।
गत शुक्रवार विश्व हिन्दु परिषदको आयोजनामा जनकपुरमा गौहत्याविरूद्ध जुलुसपछि आयोजित कोणसभालाई सम्बोधनको क्रममा विवादास्पद अभिव्यक्ति दिएपछि उनलाई मंगलबार प्रहरीले सुनसरीको बराहक्षेत्रको चक्रघट्टीबाट पक्राउ गरेको थियो।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट उनलाई पठाइसकिएको र केहीबेरमा उनी जनकपुर आइपुग्ने जिल्ला प्रहरी कार्यलय धनुषाका प्रहरी प्रवक्त डिएसपी रञ्जन अवाले बताए।




