काठमाडौं, असोज ११ । सुरक्षाको माग गर्दै डाक्टरहरूले आज पनि प्रदर्शन गरेका छन्।
काठमाडौंको बानेश्वरमा डाक्टरहरूले प्रदर्शन गरेका हुन्। उनीहरूले चिकित्सक र सम्पूर्ण स्वास्थ्यकर्मीहरूको सुरक्षा माग गरेका छन्।
बिरामीका आफन्तहरूले विभिन्न अस्पतालमा कार्यरत डाक्टरहरूमाथि आक्रमण गरेको विरोधमा डाक्टरहरूले सरकारसँग सुरक्षाको माग गरिरहेका छन्।




