काठमाडौँ, असोज ७ । अस्ट्रेलियाले भारतविरुद्धको दोस्रो एकदिवसीय खेलमा टस जितेको छ ।
यस खेलमा अस्ट्रेलियाको कप्तानी गरिरहेका स्टिभ स्मिथले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् ।
अस्ट्रेलियाले आज नियमित कप्तान पाट कमिन्स र मिचेल मार्शलाई खेलाएको छैन । अस्ट्रेलियाका लागि स्पेन्सर जोनसनले आज एकदिवसीय डेभ्यु गरेका छन् ।




