काठमाडौँ, असोज ५। नेपाल १९औं एशियन गेम्स अन्तर्गतको महिला फुटबलको पहिलो खेलमा पराजित भएको छ ।
नेपाल भियतनामसँग २:० गोल अन्तरले पराजित भएको हो । भियतनामको जितमा खेलको ५३औं मिनेटमा फाम है यनले र खेलको ६४औँ मिनेटमा नागुयन थि बीच थुयले एक एक गोल गरेका थिए ।
तुलनात्मकरुपमा बलियो रहेको भियतनामलाई नेपाली टिमले पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको थियो ।फिफाको महिला टिमको वरियतामा भियतनाम ३४औं स्थानमा रहेको छ भने नेपाल १०१औं स्थानमा रहेको छ ।