फिफा वरियतामा अर्जेन्टिना शिर्षमा कायमै

`

     २०८० आश्विन ०४ गते ३:०५

काठमाडौँ, असोज ४ । फिफाको नयाँ वरियतामा अर्जेन्टिना शिर्ष स्थानमा कायम रहेको छ । विहिबार फिफाले जारी गरेको नयाँ वरियतामा विश्वकप विजेता अर्जेन्टिना शिर्ष स्थानमा कायम रहेको हो ।

त्यस्तै फ्रान्स यसअघिकै दोस्रो, ब्राजिल तेस्रो, इङल्याण्ड चौथो, बेल्जियम पाँचौं, क्रोसिया छैटौं र नेदरल्याण्डस सातौ स्थानमा कायमै रहेका छन् ।

त्यसैगरी नेपाल भने यस अघिकै १७५औ स्थानमा कायम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?