काठमाडौँ, भदौ २० । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले क्रिकेटको पूर्वाधारमा लगानी गर्ने बेला भएको बताएका छन् ।
एशिया कप खेलेर स्वदेश फर्किएपछि प्रतिक्रिया दिदै कप्तान पौडेलले अब क्रिकेटको पूर्वाधारमा लगानी गर्ने बेला भएको बताएका हुन् ।
कप्तान रोहितले अहिले एउटा पिचमा अभ्यास गरिरहेको बताउदै पूर्वाधार नहुदा आफुहरुले संघर्ष गरिरहेको टिप्पणी गरेका हुन् । उनले भने ‘अब चाहि हाई टाइम भइसक्यो, जहिले पनि इन्फ्रास्ट्रकचरमा स्ट्रगल गरिरहेका हुन्छौं । एउटै विकेटमा सबै तयारी गरिरहेका छौं । घरेलु संरचना छैन । मलाई थाह छ खेलाडीहरुले कसरी खेलिरहेका छन् । सबैको आर्थिक अवस्था राम्रो छैन ।’




