काठमाडौँ, भदौ १९ । स्पेनिस फुटबलर सर्जियो रामोस आफ्नो पुर्व क्लब सेभियामा फर्किएका छन् ।
३७ बर्षिय डिफेन्डर रामोसले पिएसजीमा दुई सिजन बिताएपछि क्लब छोडेका थिए । उनले साउदी क्लब र टर्कीका क्लबको बम्पर अफर छोडेर आफ्नो पुर्व क्लब सेभियामा जाने निर्णय गरेका छन् । उनी १८ बर्षपछि सेभियामा फर्किएका हुन् । रामोसले २००३ देखि २००४ सम्म सेभियाको बि टिममा खेलेका थिए भने सोहि समयमा ला लिगा समेत खेलेका थिए । उनले २००५ मा सेभिया छोडेर रियल म्याड्रिड गएका थिए ।
रामोसलाई सेभियाले २०२४ को जुनसम्मका लागि भित्र्याएको छ ।




