नेपालले तेस्रो विकेट गुमायो

`

     २०८० भाद्र १८ गते ४:५३

काठमाडौँ, १८ भाद्र । एसिया कप क्रिकेटमा भारतविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ ।

पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै ९९ रन बनाएको छ ।

कप्तान रोहित शर्मालाई भारतीय बलर रवीन्द्र जडेजाले आउट गराएका छन् । रोहितले ७ बलमा जम्मा ५ रन बनाए ।

यसअघि नेपालले कुशल भुर्तेललाई ३८ र भीम सार्कीलाई ७ रनमा गुमाएको थियो । आशिफ सेख भने ३९ रन बनाएर नटआउट छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?