काठमाडौँ, भदौ १७ । नेपालले सेप्टेम्बर ८ र ११ मा म्यानमारसँग हुने मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टिमको घोषणा गरिएको छ ।
मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले आइतबार आफ्नो टोली घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको हो।
गोलकिपरः किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल ।
डिफेन्डरः सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अञ्जन राई, छिरिङ लामा ।
मिडफिल्डरः अरिक विष्ट, सुदीप गुरुङ, लकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, कृतिश रत्न छिन्जु ।
फरवार्डः आयुष घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, गिलेस्पे जंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया ।




