" /> नेपाल महिला टी- २० क्रिकेट सिरिजको फाइनलमा - Sarbocha Media

नेपाल महिला टी- २० क्रिकेट सिरिजको फाइनलमा

`

     २०८० भाद्र ०८ गते ३:३७

काठमाडौँ, भदौ ८ । चार देशको महिला टी- २० क्रिकेट सिरिज अन्तर्गत नेपालले आयोजक मलेसियासँग ६ विकेटको हार बेहोरेको छ ।

नेपालले दिएको ८४ रनको लक्ष्य पछाएको मलेसियाले १६.२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले १८ ओभरमा ७ विकेट गुमाउदै ८३ रन बनाएको हो । बर्षाले प्रभावित भएको खेल २० ओभरबाट घटाएर १८ ओभरमा झारिएको थियो ।

यो हारपछि पनि नेपाल फाइनलमा भने पुगेको छ । नेपालको ३ खेलमा ४ अंक रहेको छ र रनरेटको आधारमा शिर्ष स्थानमा रहदै नेपाल फाइनलमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?