श्रमिकका लागि सामाजिक सुरक्षा कोष ‘ब्रेक थ्रु’ : प्रधानमन्त्री

`

     २०८० श्रावण ३१ गते १:२७

काठमाडौँ, ३१ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनौपचारिक क्षेत्रका करिब ४०–५० लाख श्रमिकहरू सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

मङ्गलवार राजधानीमा भएको सामाजिक सुरक्षा कोष शुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले श्रमिकहरूको श्रम गर्न नसकेको अवस्थामा रित्तै हात नपठाउनका लागि सामाजिक सुरक्षा कोष योजना ‘ब्रेक थ्रु’ भएको जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?