काठमाडौं, पुष १५ । गायक तथा अभिनेता प्रकाश सपुतले अबको आफ्नो समय, ऊर्जा र अनुभव देशको लागि समर्पण गर्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक उम्मेदवार बनेपछि सपुतले यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले भने, ‘अबको मेरो जोडबल देशलाई धेरै समय दिने भन्नेमा हुनेछ । राजनीतिमा सानोतिनो भूमिका पाइयो भने देशकै लागि आफ्नो ऊर्जा समर्पण गर्ने मेरो सोच हो ।’
कलाकारको रुपमा अब आफूलाई नयाँ सपना र लोभ नभएको बताउँदै सपुतले यस समयमा आफूले राजनीतिमार्फत देशका लागि केही गर्ने सोच बनाएको बताए ।



