काठमाडौँ, मङ्सिर १० । अभिनेता अनूप विक्रम शाहीको बलिवुड डेभ्यु फिल्म (ब्याटल अफ गलवान) को शुटिंग सकिएको छ ।
.
बलिवुड सुपरस्टार सलमान खानको फिल्ममा डेभ्यु गर्न लागेका शाहीले सलमान खानसँगको तस्बीर सार्बजनिक गर्दै फिल्मको शुटिंग सकिएको जानकारी दिएका हुन् ।
शाहीले फिल्ममा आफ्नो भूमिकाका विषयमा भने जानकारी गराएका छैनन् । २०२६ मा रिलिज हुने भनिएको यो फिल्ममा सलमान आर्मी अफिसरको भूमिकामा रहेका छन् ।



