पासाङ डेकी शेर्पा ले ‘मिस इन्डिया २०२६’ मा प्रतिस्पर्धा गर्ने

`

     २०८२ चैत्र ०९ गते ९:१६

काठमाडौं, चैत ९ । पासाङ डेकी शेर्पा (दिकिला शेर्पा) ले यसवर्षको ‘मिस इन्डिया’ प्रतिस्पर्धामा पूर्वोत्तर भारतीय राज्य सिक्किमको प्रतिनिधित्व गर्ने भएकी छन् ।

यस वर्षको ६१औँ ‘फेमिना मिस इन्डिया २०२६’ प्रतियोगिता आगामी अप्रिल १८ मा भारतको ओडिशा राज्यको भुवनेश्वरमा आयोजना हुँदैछ ।

मिस इन्डिया अर्गनाइजेसनले इन्स्टाग्राममार्फत प्रतियोगितामा सहभागी हुन विभिन्न राज्यका सुन्दरीको सूची सार्वजनिक गरेको छ । जसअनुसार, दिकिलाले सिक्किमबाट प्रतिनिधित्व गर्ने भएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?