मेसी आबद्ध भएसँगै इन्टर मियामी तुफानी लयमा, ओरल्याण्डो सिटीमाथि ३:१ को जित

`

     २०८० श्रावण १८ गते ९:५६

काठमाडौँ, श्रावण १८ । इन्टर मियामी एमएलएसको लिग कपको राउण्ड १६ मा पुगेको छ ।

लियोनेल मेसी प्रेरित इन्टर मियामीले विहिबार सम्पन्न खेलमा ओरल्याण्डो सिटीलाई ३(१ गोल अन्तरले पराजित गर्दै राउण्ड १६ मा आफ्नो स्थान सुरक्षित गरेको हो ।

इन्टर मियामीको जितमा लियोनेल मेसीले दुई गोल गरेका थिए । मेसीले खेलको सातौं र ७२औं मिनेटमा गोल गरेका थिए । त्यस्तै जोसेफ मार्टिनेजले एक गोल गरेका थिए । त्यस्तै ओर्लान्डोका लागि सेजार अराउजोले एक गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?