काठमाडौँ, १६ साउन । साबिक विजेता अमेरिका नवौं महिला विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा पुगेको छ । समूह ‘ई’ अन्तर्गतको आफ्नो अन्तिम खेलमा अमेरिकालाई पोर्चुगलले गोलरहित बराबरीमा रोक्यो ।
उक्त नतिजापछि अमेरिका समूह उपविजेताका रुपमा प्रिक्वार्टरफाइनलमा पुगेको हो । अमेरिकाले तीन खेलबाट पाँच अंक बटुल्यो । अमेरिकाले समूहगत चरणमा एक जित र दुई बराबरीको नतिजा निकालेको थियो ।




