काठमाडौं, साउन १४ । फिलिपिन्सलाई ६:० गोलले पराजित गर्दै नर्वे फिफा महिला विश्वकप २०२३ को अन्तिम १६ मा प्रवेश गरेको छ।
आइतबार भउको खेलमा नर्वेका लागि हाउगले खेलको छैटौं, १७औं र दोस्रो हाफको इन्जुरी टाइममा गोल गर्दै ह्याट्रिक पूरा गरिन्।
ग्राहम हान्सेनले ३१औं र रेइटिनले ५३ मिनेटमा नर्वेका लागि थप गोल गर्दा ४८ मिनेटमा फिलिपिन्सकी बार्करले आत्मघाती गोल गरिन्।




