महिला विश्वकपमा अर्जेन्टिना र दक्षिण अफ्रिकाले बराबरी खेले

`

     २०८० श्रावण १२ गते ११:०८

काठमाडौँ, श्रावण १२ । जारी फिफा महिला फुटबल विश्वकप अन्तर्गत अर्जेन्टिना र दक्षिण अफ्रीकाबीचको खेल बराबरीमा रोकिएको छ ।

शुक्रबार विहान सम्पन्न खेलमा २-० गोलले पछि परेको अर्जेन्टिनाले खेलमा कम ब्याक गर्दै खेल बराबरी गरेर हारबाट जोगिएको हो ।

दक्षिण अफ्रीकाका लागि लिन्डा मोतिहालो र थेम्बी क्गाटलानाले एक एक गोल गरेका थिए । त्यस्तै अर्जेन्टिनाका लागि सोफिया ब्राउन र रोमिना नुनेजले एक एक गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?