काठमाडौँ, श्रावण ११ । क्लब मैत्रीपूर्ण खेलमा आर्सनलले बार्सिलोनालाई पराजित गरेको छ । अमेरिका टुरमा रहेको आर्सनलले बार्सिलोनालाई ५-३ गोल अन्तरले पराजित गरेको हो ।
आर्सनलको जितमा लीन्द्रो ट्रोसार्डले दुई गोल गरेका थिए भने बुकायो साका, काइ हाभेर्टज र फाबियो भिएइराले एक एक गोल गरेका थिए ।
त्यस्तै बार्सिलोनाका लागि रोबेर्ट लेवानडोस्की, रफिन्हा र फेरान टोरेजले एक एक गोल गरेका थिए ।




