अब ऋणीले पनि पान नम्बर लिनुपर्ने

`

     २०८० श्रावण ०७ गते २:४०

काठमाडौं, साउन ७ । अब निश्चित रकमभन्दा माथिको ऋण लिनेले स्थायी लेखा (पान) नम्बर लिनुपर्ने भएको छ।

आइतबार आर्थिक वर्ष २०८०/८१ को लागि मौद्रिक नीति सार्वजनिक गरेको राष्ट्र बैंकले यस्तो व्यवस्था गर्न लागेको हो।

राष्ट्र बैंकले भनेको छ -आर्थिक वर्ष २०८०र८१ को नेपाल सरकारको बजेटमा उल्लेख भएबमोजिम बैंक तथा वित्तीय संस्थाबाट निश्चित सीमाभन्दा बढी कर्जारसुविधा उपयोग गर्ने ऋणीहरूले अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्था पुनरावलोकन गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?