बैङ्कको खराब कर्जा को दर ३.३४ प्रतिशत

`

     २०८० श्रावण ०४ गते १०:०८

काठमाडौँ, ०४ साउन । आर्थिक वर्ष २०७९/०८० को जेठ मसान्त सम्ममा बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा (एनपीएल) को दर ३.३४ प्रतिशत पुगेको छ । यद्यपि, अघिल्लो जेठ महिनामा पनि बैंक तथा वित्तीय संस्थाहरूको एनपीएल औसत दर ३.१४ प्रतिशत नै कायम थियो ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको रिपोर्ट अनुसार बैंक तथा वित्तीय संस्थाहरूले जेठ मसान्तसम्ममा कुल ४८ खर्ब ५८ अर्ब कर्जा लगानी गरेका छन् । सो मध्ये १ खर्ब ६२ अर्ब २५ करोड रुपैयाँ बराबरको लगानी उठ्न नसकेको हो । जसले गर्दा बैंकहरूको नाफामा समेत धक्का लाग्न पुगेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले ६९ अर्ब ९० करोड रुपैयाँ खुद नाफा आर्जन गर्दा खराब कर्जा (एनपीएल) व्यवस्थापनका लागि १ खर्ब ६२ अर्ब ९८ करोड रुपैयाँ बराबरको तरलता ‘प्रोभिजनिङ’ गर्नुपरेको छ ।

यद्यपि, यस्तो वित्तीय व्यवस्थापन अघिल्लो महिनाको तुलनामा ०.१७ प्रतिशतले घटेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?