आयरल्यान्डलाई नेपालद्वारा २६९ रनको लक्ष्य

`

     २०८० आषाढ १९ गते ५:१६

काठमाडौँ, असार १९ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायरको प्लेअफको फाइनलमा नेपालले आयरल्याण्डलाई २६९ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ५०ओभरमा ९ विकेट गुमाउदै २६८ रन बनाएको हो ।

नेपालका लागि गुलशन झाले सर्बाधिक ५७ रन बनाए भने कुशल मल्लले ४४, अर्जुन साउदले ४८ रन बनाएका थिए । त्यस्तै सन्दीप लामिछानेले ३२, कप्तान रोहित पौडेलले २९, भिम सार्कीले २० रन बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?