काठमाडौँ, ११ असार । न्यायपरिषद्को बैठक सोमबारका लागि आव्हान गरिएको छ । उच्च अदालतमा रिक्त ४१ न्यायाधीशको नियुक्तिका लागि परिषद्को बैठक बस्न लागेको हो ।
न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको निर्देशनमा सोमबार अपराह्न १ बजेका लागि परिषद्को बैठक डाकिएको छ । बैठकको एजेन्डाका रूपमा उच्च अदालतहरूमा रिक्त न्यायाधीशको नियुक्ति र ‘विविध’ राखिएका छन् ।




