काठमाडौँ, असार ५ । स्पेनिस प्रशिक्षक लुइस इनरिक फ्रेन्च क्लब पिएसजीको प्रशिक्षक बन्ने भएका छन् । ५३ बर्षिय इनरिक गत विश्वकपपछि स्पेनको राष्ट्रिय प्रशिक्षकको जिम्मेवारी छोडेपछि अहिले कुनै जिम्मेवारीमा रहेका छैनन् ।
पिएसजीले विभिन्न प्रशिक्षकलाई खोज्ने क्रममा इनरिकसँग सहमति भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
सैद्धान्तिक रुपमा इनरिकले पिएसजीको प्रशिक्षक बन्न स्वीकार गरेको मिडिया रिपोर्टमा जनाइएको छ । अहिले पिएसजी र इनरिकबीच उनका सहायक प्रशिक्षक र अन्य टिमका सदस्यको विषयमा छलफल भइरहेको बताइएको छ ।




