काठमाडौँ, असार १ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको शपथ आजै अपराह्न सवा ५ बजे हुने भएको छ ।
संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रस्तावित हरिकृष्ण कार्कीको नाम सर्वसम्मत अनुमोदन गरेपछि राष्ट्रपति कार्यालयको शपथको तयारी गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
संसदीय सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि कार्कीको नाम अनुमोदन गरेको हो । बिहीबार कार्ययोजना पेश गरेका कार्कीसँग शुक्रबार प्रश्नउत्तर भएको थियो।
लगतै समितिले उनको नाम सर्वसम्मत अनुमोदन गरेको छ।




