नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट दर्ता

`

     २०८० ज्येष्ठ १९ गते ३:२३

काठमाडौँ, जेठ १९ । नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । बिहीबार वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

रिटमा भनिएको छ, ‘नेपालको संविधानको धारा ३०६ (१) (क)ले विधेयक भन्नाले संघीय संसद वा प्रदेश सभामा पेस भएको संविधान संशोधन वा ऐनको मस्यौदा सम्झनुपर्छ भनी परिभाषा गरेको छ। नयाँ जनादेश पछि यससम्बन्धी विधेयक पेस नभएको अवस्थामा कुन विधेयक मन्त्रिपरिषदले पठाउने निर्णय गरेको होरु के अब जनादेश प्राप्त संसद्बाट पारित नगरी सोझै कार्यपालिकाले विधेयक पारित गर्ने र राष्ट्रपतिबाट प्रमाणीकरण गर्ने अभ्यास सुरु गर्न लागिएको हो। यो कार्य पूर्णत संविधान विपरित छ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?