काठमाडौँ, १८ जेठ । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले खेलाडीको भविष्यप्रति सरकार चिन्तित रहेको बताएका छन् ।
नेपाल लोकतान्त्रिक खेलकुद संघले खेलाडी र खेलाडीको भविष्य सुनिश्चितता हुनुपर्ने मागसहित बुझाएको ज्ञापन पत्र बुझेपछि बोल्दै मन्त्री लिम्बूले सरकार खेलाडीको भविष्यमा चिन्तित रहेको बताएका हुन् ।




