" /> ७ प्रदेशका लागि १ खर्ब ५ अर्ब वित्तीय हस्तान्तरण - Sarbocha Media

७ प्रदेशका लागि १ खर्ब ५ अर्ब वित्तीय हस्तान्तरण

`

     २०८० ज्येष्ठ १६ गते ४:५१

काठमाडौँ, १६ जेठ । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत संघीय सरकारले ७ वटा प्रदेशका लागि कूल १ खर्ब ५ अर्ब ६ करोड ६८ लाख रुपैयाँ छुट्याएको छ । यस्तो बजेट समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान गरी चार शीर्षकको अनुदानमा उपलब्ध गराएको हो ।

अर्थ मन्त्रालयका अनुसार आगामी आर्थिक वर्षका लागि प्रदेशतर्फ जाने अनुदानहरूको बाँडफाँड क्रमशः समानीकरण अनुदानतर्फ १३ अर्ब ८५ करोड २८ लाख रुपैयाँ, सशर्त अनुदानतर्फ ३५ अर्ब ७१ करोड ९८ लाख रुपैयाँ, विशेष अनुदानतर्फ ४ अर्ब ४५ करोड ९७ लाख रुपैयाँ र समपूरक अनुदानतर्फ ६ अर्ब २२ करोड १६ लाख रुपैयाँ छुट्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?