नेप्सेमा आज पनि दोहोरो अङ्कको गिरावट

`

     २०८० वैशाख ३१ गते ४:००

काठमाडौं,३१ वैशाख । साताको पहिलो दिन आज शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

केहीदिन देखि निरन्तर ओरालो लाग्दै आएको नेप्सेमा आज १६.९६ अंकको गिरावट आएको हो ।

आज नेप्से सूचांक १६.९६ अंकले घट्दै १८२१.६४ बिन्दुमा झरेको छ।

नेप्से घटेको दिन आज कारोबारमा पनि उल्लेख्य मात्रामा कमी आएको छ ।

आज कूल २९ लाख ८८ हजार कित्ता सेयर ९० करोड ५ लाख ६३ हजार बराबरमा कारोबार भएको छ ।

कारोबारमा आएमा मध्ये १६९ कम्पनीको मूल्य घट्दा ४० कम्पनीका लगानिकर्ताले भने उल्लेख्यमात्रामा नाफा कमाएका छन् । त्यस्तै ९ कम्पनिको मूल्यमा कुनै घटबढ भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?