बैङ्क दर १ प्रतिशतले घटाएर ७.५ प्रतिशत झार्‍यो

`

     २०८० वैशाख २९ गते १:२१

काठमाडौं, वैशाख २९ । नेपाल राष्ट्र बैंकले बैंकदर घटाएको छ।

शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै बैंकदरलाई ८.५ प्रतिशतबाट घटाएर ७.५ प्रतिशत कायम गरिएको हो।

‘मौद्रिक नीतिको कार्यदिशालाई मुद्रास्फीति र विदेशी विनिमय सञ्चितिको वर्तमान अवस्था र सम्भावित परिदृश्यको आधारमा समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आन्तरिक आर्थिक गतिविधिहरू चलायमान बनाउन सहयोग पुर्‍याउने गरी सजगतापूर्वक केही लचिलो बनाइएको छ,’ केन्द्रीय बैंकले मौद्रिक नीतिको समीक्षामा उल्लेख गरेको छ।

नीतिगत दरलाई ७ प्रतिशतमा यथावत राखेको छ।

यस्तै, ब्याजदर करिडोरअन्तर्गतका अन्य दरहरूलाई यथावत राखिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?