चालु खाता ५१ अर्ब ८२ करोडले घाटामा

`

     २०८० वैशाख २८ गते ४:००

काठमाडौँ, बैशाख २८ । नेपाल राष्ट्र बैंकले गत चैत मसान्तसम्मको अवधिमा चालु खाता ५१ अर्ब ८२ करोड रुपैयाँले घाटामा रहेको जनाएको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको गत चैत मसान्तसम्मको सार्वजनिक गरेको विवरणअनुसार अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५ खर्ब १० अर्ब ५८ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब २७ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४० करोड २८ लाखले घाटामा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?