११ महिनाको आयात धान्न सक्ने विदेशी मुद्राको सञ्चिती

`

     २०८० वैशाख २७ गते १२:५४

काठमाडौँ । रेमिट्यान्स आप्रवाह वृद्धि भएसँगै देशको भण्डारमा विदेशी मुद्राको सञ्चितीमा समेत व्यापक सुधार आएको छ । नेपाल राष्ट्र बैंकले आज ९ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गर्दै १७.९ प्रतिशतले विदेशी मुद्राको सञ्चिती बढेको जानकारी दिएको हो ।

यससँगै, केन्द्रीय बैंकको भण्डारमा विदेशी मुद्राको सञ्चिती १४ खर्ब ३३ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । जबकी, २०७९ असार मसान्तसम्ममा यस्तो सञ्चिती जम्मा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ थियो ।

कूल विदेशी सञ्चिती मध्ये नेपाल राष्ट्र बैंकमा १२ खर्ब ७३ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ ।

विदेशी मुद्राको सञ्चितीले नेपालको ९.४ महिनाको वस्तुतथा सेवा आयात धान्न पर्याप्त रहेको केन्द्रीय बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?