साफ च्याम्पियनसिपमा कुवेतले पनि भाग लिने

`

     २०८० वैशाख २० गते २:५९

काठमाडौं, वैशाख २० । दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप आगामी जुन २१ देखि सुरु हुने तय छ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले यसअघि साफ बाहिरका टिमलाई आमन्त्रित टिमको रुपमा सहभागी गराउने निर्णय गरेको थियो।

जसअनुसार १४औं संस्करणको साफमा कुवेतले पनि भाग लिने भएको छ। साफले आज कुवेतले भाग लिने पुष्टि गरेको हो।

अब कुवेतसँगै साफका ६ टिम गरी कुल ७ टिमले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्। श्रीलंकालाई फिफाले प्रतिबन्ध भएकाले उसले प्रतियोगितामा भाग लिन पाउनेछैन।

साफ च्याम्पियनसिप आगामी जुन २१ देखि जुलाई ४ सम्म भारतको बेंगलुरूमा हुँदैछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?